Kathmandu Press

मेयर्स फोरमको टोलीमा उपप्रधानमन्त्री सिंहलाई भेट्न गएनन् बालेन

तर मन्त्रीलाई भेट्न ललितपर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित पुगेको फोरमको टोलीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन भने उपस्थित भएनन्।
मेयर्स फोरमको टोलीमा उपप्रधानमन्त्री सिंहलाई भेट्न गएनन् बालेन

काठमाडौं, साउन १७ : काठमाडौं उपत्यका मेयर्स फोरमले बिहीबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेको छ। उपत्यकाको फोहोर व्यवस्थापनसहितका विभिन्न माग लिएर मेयर्स फोरम अपरान्ह मन्त्रालय पुगेको थियो।

मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहसँग भेट्न उपत्यकाका १७ स्थानीय तहका मेयर सहभागी थिए। काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन्।

Hardik ivf

तर मन्त्रीलाई भेट्न ललितपर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित पुगेको फोरमको टोलीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन भने उपस्थित भएनन्।

मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई भेटेर फोहोर व्यवस्थापनमा प्रभावकारी कार्य गनुपर्र्ने, स्मार्ट सिटीका लागि वर्षाैदेखि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको, बिजुली बत्तीको महसुल उठाउने अधिकार क्षेत्रको समस्या जस्ता बिषयमा आफ्ना सरोकार राखेको थियो।

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले समस्या समाधानमा आफु गंभिर रहेको भन्दै सहयोगको वचन दिएका थिए । मन्त्री सिंहले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको पनि बताए।

 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशीमा गाडी खस्यो
भोटेकोशीमा गाडी खस्यो
एमाले सचिवालय बैठक सुरू
एमाले सचिवालय बैठक सुरू