Kathmandu Press

‘सतीदेवी’को ट्रेलर सार्वजनिक [भिडियाे]

कार्यक्रममा निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई फिल्ममा उतारेको बताउँदै समाज परिवर्तनमा फिल्मले खास अर्थ दिने विश्वास व्यक्त गरे।
‘सतीदेवी’को ट्रेलर सार्वजनिक [भिडियाे]

काठमाडाैं, साउन १७ : लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा सामाजिक कथावस्तुमा बनेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष गरिएको छ।

Hardik ivf

कार्यक्रममा निर्देशक सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई फिल्ममा उतारेको बताउँदै समाज परिवर्तनमा फिल्मले खास अर्थ दिने विश्वास व्यक्त गरे।

फिल्मको शीर्ष भूमिका मलिका महत छिन्। उनले अभिनयबा तारिफा पाइरहेकी छिन्। कार्यक्रममा उनले फिल्म छायांनका अनुभव सुनाएकी थिइन्।

भदौ ७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा मलिकासँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, बालकलाकार हर्षिका वली र मन्जिला बानियाँलगायतलाई देख्न सकिन्छ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन्।फिल्मको लेखन, गीत, निर्माण र निर्देशन लक्ष्मण सुवेदीकै छ।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्