Kathmandu Press

काभा नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई हरायाे

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।
काभा नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई हरायाे

काठमाडाैं, साउन १७ : आजबाट काठमाडौंमा सुरु भएको काभा महिला नेसन्स लिग भलिबलमा नेपालले विजयी सुरुआत गरेको छ।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।

Hardik ivf

श्रीलंकामाथि नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा हरायो। पहिलो सेट सहजै जितेको नेपालले दोस्रो सेटमा ४–२ र तेस्रो सेट ७–३ ले पछि परेको अवस्था उल्टाउँदै जितेको थियो।

आजै प्रतियोगिताको दोस्रो खेलमा भारत र इरानबीच प्रतिस्पर्धा भइरहेकाे छ।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्