Kathmandu Press

काभा नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई हरायाे

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।
काभा नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई हरायाे

काठमाडाैं, साउन १७ : आजबाट काठमाडौंमा सुरु भएको काभा महिला नेसन्स लिग भलिबलमा नेपालले विजयी सुरुआत गरेको छ।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।

श्रीलंकामाथि नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा हरायो। पहिलो सेट सहजै जितेको नेपालले दोस्रो सेटमा ४–२ र तेस्रो सेट ७–३ ले पछि परेको अवस्था उल्टाउँदै जितेको थियो।

आजै प्रतियोगिताको दोस्रो खेलमा भारत र इरानबीच प्रतिस्पर्धा भइरहेकाे छ।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्