Kathmandu Press

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीलाई शपथ गराए।
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं, साउन १७ : तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीलाई शपथ गराए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
     
मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय अनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई  प्रदेश प्रमुख नियुक्त गरेका थिए।

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्