Kathmandu Press

‘देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ?’

उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए।
‘देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ?’

काठमाडौं, साउन १७ : युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए।

Hardik ivf

‘मन्त्रालयमा हामी तीनसय जना बसेर युवा दिवस मनाएर भव्य हुँदैन। देशका युवाहरु जबसम्म नेपालमा बस्नयोग्य बनाउन सकिँदैन, युवाहरुलाई रोजगारी सृजना गर्न सकिँदैन,’ उनले भने, ‘युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन, जागरण अभियानमा लगाउन सकिँदैन, तबसम्म केही हुँदैन।’

मन्त्री चौधरीले आजैबाट नेपाली युवाहरुलाई नेपाल मै रोजगारी दिन सक्नेगरी वहस अगाडि सार्न सुझाव दिए। उनले युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह समेत गरे।

 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्