Kathmandu Press

गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौं : राजेन्द्र लिङदेन

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभए पनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए।
गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौं : राजेन्द्र लिङदेन

काठमाडौं, साउन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने÷नजाने निर्णय गर्नुपर्ने बताएका छन्।

बिहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए।

Hardik ivf

‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितीले निर्धारण गर्छ। हाम्रो चाहनाले मात्र हुँदैन। गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेदाए सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ,’ उनले भने, ‘व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन्, त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन।’

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभए पनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए।

‘कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागी हुनुहुन्न भन्ने पक्षमा नै थिएँ। त्यही कुरा निर्देशन पनि दिएको थिएँ तर विदेशमा भएको बेला साथीहरु सहभागी हुनुभयो,’ उनले भने,‘ ंविधानको आधारभूत मान्यतामा पनि एकमत नभए पनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौं। सरकारमा पनि त्यही आवश्यकता अनुसार सहभागी हुन्छौ र ठिक लागेन भने बाहिर हुन्छौ।’

 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्