Kathmandu Press

एमालेमा जिम्मेवारी हेरफेर, सातै प्रदेशमा तोकियो इन्चार्ज

बिहिबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकलले सातै प्रदेशमा इन्चार्ज तोकेको हो।
एमालेमा जिम्मेवारी हेरफेर, सातै प्रदेशमा तोकियो इन्चार्ज
फाइल तस्वीर

काठमाडौं, साउन १७ : नेकपा एमालेले पार्टि भित्र जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको छ। 

बिहिबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकलले सातै प्रदेशमा इन्चार्ज तोकेको हो।

कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराईलाई प्रदेश इन्चार्ज तोकिएको एमाले महासचिव शंकर पोखरेले जानकारी दिए।

लुम्बिनी प्रदेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र  सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । 

बैठकले सुवासचन्द्र नेम्वाङको निधन पछि खाली रहेको एमाले उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य रहेका बराललाई मनोनीत गरेको छ।

त्यस्तै बैठकले प्रमुख सचेतक महेश बर्ताैला सहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्