Kathmandu Press

महेश बर्तौलासहित १७ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत

बिहिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रमुख सचेतक महेश बर्ताैला सहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीतमा मनोनित गरेको छ।
महेश बर्तौलासहित १७ जना एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, साउन १७ :  बिहिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रमुख सचेतक महेश बर्ताैला सहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीतमा मनोनित गरेको छ।

बर्तौला सहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।

महासचिव पोखरेलका अनुसार पार्टी प्रवेश गरेका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित रहेका छन्। 

त्यस्तै चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्ताैला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशालगायतलाई मनोनित गरेको हो।

बैठकले सुवासचन्द्र नेम्वाङको निधन पछि खाली रहेको एमाले उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य रहेका बराललाई मनोनीत गरेको छ।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठ रहेको महासचिव पोखरेलले बताए।

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्