Kathmandu Press

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित 

बिहिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमाले उपाध्यक्षमा गुरु बराल मनोनित 

काठमाडौं, साउन १७ : नेकपा एमालेले पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ।

बिहिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि एमालेमा उपाध्यक्ष पद खाली थियो। 
 
प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्