Kathmandu Press

‘हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं’

व्यवस्था र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक सहकार्य आवश्यक रहेको औल्याउँदै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए।
‘हामी पुष्पलालले भनेजस्तै बाम–लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं’

काठमाडौं, साउन १७ : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिका एक धरोहर भएको बताएका छन्।

बिहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा बाम लोकतान्त्रिक सहकार्यका आवश्यक भनेर पुष्पलालले पहिल्यै भने जस्तै आज कांग्रेस–एमाले एकै ठाउँमा आइपुगेको औंल्याए।

Hardik ivf

‘नेपालमा वाम–लोकतान्त्रिक सहकार्य हुनुपर्छ भनेर पुष्पलालले प्रारम्भदेखि नै चिन्तन गर्नुभएको थियो। त्यही चिन्तनको परिणतीका रुपमा आजको ठाउँमा आइपुगेका छौं। ०४६ सालको जनआन्दोलन, ०६२–०६३ को जनआन्दोलन र शान्तिप्रक्रिया दुई शक्ति मिलेर नै गरेका हौं,’ ‘०४७ सालमा मदन भण्डारीले बहुदलीय जनवाद पनि आजका लागि सान्दर्भिक छ,’ उनले अगाडि भने,‘अहिले हामीले निर्माण गरेको संविधानको बीचको तत्वपनि पुष्पलाल नै हुनुहुन्छ।’

व्यवस्था र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक सहकार्य आवश्यक रहेको औल्याउँदै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए। उनले गरिब जनताका लागि हाँसो ल्याउन पुष्पलालले संघर्ष गरेको बताए।

‘मुलुकलाई  एउटा समृद्धि र विकास बनाउनको  लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै  सकिन्न। उहाँहरुले  देखाएको  बाटो  गरिब जनताको नाममा लिएको हासो र खुसी सम्झन लायक छ,’ उनले भने।

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्