Kathmandu Press

नेप्से ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार

बिहिबार ३३२ स्क्रिप्सको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर खरिदबिक्री हुदाँ २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको सेयर कारोबार भएको छ। 
नेप्से ५.२९ अंकले घट्यो, २१ अर्ब ७१ करोडको कारोबार

काठमाडौं, साउन १७ : सेयर कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक सामान्य अंकले घटको छ। 

बुधबार ६४.२५ अंकले बढेको नेप्से ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा पुगेर बन्द भएको छ। 

Hardik ivf

बिहिबार ३३२ स्क्रिप्सको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर खरिदबिक्री हुदाँ २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको सेयर कारोबार भएको छ। 

आज हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपमेन्ट, शुभम् पावर,सिटी होटल र  कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर ९.१३ प्रतिशतले घटको छ।

५९ करोड  ७५  लाख मूल्य बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्सले शीर्ष स्थानमा रहदाँ शिवम् सिमेन्टको ४३ करोड, सीईडीबी हाइड्रोपावरको ४२ करोड, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख  र नेपाल इन्फ्रास्टक्चर बैंकको ४१ करोड ४२ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा  आएका ७४ स्टकको मूल्य बढ्दा १६४ वटाको मूल्य घटेको छ भने ३ स्टकको मूल्य भने स्थिर रहेको छ।
६ वटा समूहको उपसूचक बढेको छन्। 

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, साउन १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्