Kathmandu Press

पुष्पलालको विचारबाट म प्रभावित भएको हुँ : माधव नेपाल

‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।
पुष्पलालको विचारबाट म प्रभावित भएको हुँ : माधव नेपाल

काठमाडौं, साउन १७ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन्।

बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई सम्झिनुपर्ने बताएका हुन्।

‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

साथै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए। उनले गरिब जनताको लागि हासो ल्याउने संघर्ष नै उनको रहेको बताए।  

‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरुले गरेको संर्घषको वर्णन गर्नै सकिन्न। उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको  हासो र खुसी सम्झन लायक छ,’ उनले भने।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्