Kathmandu Press

इजरायल र लेबनानबीच तनाव बढेपछि नेपाली दूतावासले गरायो सचेत

लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा इजरायली आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि लेबनान र इजरायलबीच युद्ध चर्कने संकेत देखिएपछि नेपाली दूतावासले त्यहाँस्थित नेपाली श्रमिकलाई सचेत गरेको हो।
इजरायल र लेबनानबीच तनाव बढेपछि नेपाली दूतावासले गरायो सचेत

काठमाडौं, साउन १७ : इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनान्मा कार्यरत नेपाली श्रमिकलाई सतर्कता तथा सचेतना अपनाउन आग्रह गरेको छ। इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनान मामिला पनि हेर्दै आएको छ।

लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा इजरायली आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि लेबनान र इजरायलबीच युद्ध चर्कने संकेत देखिएपछि  नेपाली दूतावासले त्यहाँस्थित नेपाली श्रमिकलाई सचेत गरेको हो। दूतावासले लेबनानमा कार्यरत नेपालीको विवरण संकलन गर्न थालेको जनाइएको छ।

Hardik ivf

नेपाली दूतावासले एक सूचनामार्फत त्यहाँस्थित नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध समेत गरेको छ।

नेपाली दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘विकसित घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको बेहोरासमेत अनुरोध छ।’

लेबनानको बेरुत आसपासमा झन्डै ५ सय नेपाली कार्यरत रहेको अनुमान छ।

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्