Kathmandu Press

सहकारी पीडितले फेरि थाले आन्दोलन

सरकारले पीडितका समस्या समाधान गर्न पटक-पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै बिहिवार काठमाडौं रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन्।
सहकारी पीडितले फेरि थाले आन्दोलन

काठमाडौं, साउन १७ : सरकारले पीडितका समस्या समाधान गर्न पटक-पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरुले प्रदर्शन गरेका छन्।

सहकारी पीडितहरुले बिहीबार काठमाडौं रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गरेका हुन्। 

Photo-(13)(1)-1722500201.jpg

Hardik ivf

बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता सहमति कार्यान्वयनका लागि ६५ दिनदेखि रिले अनशन बसेर माग गरिरहेपनि सरकार संवेदनशील नभएको उनीहरुको गुनासो छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो। 

Photo-(2)(11)-1722500201.jpg

मुखमा टेप लगाएर प्रदर्शनमा उत्रिएका पीडितहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्।

Photo-(14)(3)-1722500201.jpg

Photo-(1)(19)-1722500200.jpg
 

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्