होटेल बसेरामा एमालेको सचिवालय बैठक
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेकाले सिंहदरबार अगाडिको होटेल बसेरामा बैठकको आयोजना गरिएको हो।
काठमाडौं, साउन १७ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेकाले सिंहदरबार अगाडिको होटेल बसेरामा बैठकको आयोजना गरिएको हो।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने जनाएका थिए।
सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने लगाएतमा छलफल हुने जनाइएको छ।
एमालेमा एक व्यक्ति एक पद लागू गरी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने तयारी छ ।
प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


