Kathmandu Press

कृषि मन्त्रालयमा फेरि थाले कर्मचारीले धर्ना

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व समालेपछि कर्मचारीका समस्या समाधानका लागि केही समय दिन माग गरेपछि धर्ना रोकिएको थियो। तर माग पुरा नभएको भन्दै मन्त्रालयको गेटमा पुनः धर्ना सुरु भएको हो।
कृषि मन्त्रालयमा फेरि थाले कर्मचारीले धर्ना

काठमाडौं, साउन १७ : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्राविधिक समूहतर्फका कर्मचारीले धर्ना फेर सुरु गरेका छन्।

विगत एक महिनादेखि धर्ना गर्दै आएका कर्मचारीहरुले सरकार परिवर्तन भई नयाँ मन्त्री आएपछि स्थगन गरेका थिए।

Hardik ivf

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व समालेपछि कर्मचारीका समस्या समाधानका लागि केही समय दिन माग गरेपछि धर्ना रोकिएको थियो। तर माग पुरा नभएको भन्दै मन्त्रालयको गेटमा पुनः धर्ना सुरु भएको हो।

मन्त्रालयका प्राविधिक कर्मचारीले समायोजनपछि बढुवा नभएको आवाज उठाउँदै आएका छन्। कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने लगायत माग कर्मचारीले गर्दै आएका छन्।

कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति गर्न भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग पनि छ। २०७५ सालमा समायोजनबाट भएका त्रुटीहरु सच्याउँदै वृद्धि विकास कार्यलाई सुचारु गर्नुपर्ने अर्को माग छ।

यस्तै, ऐनले दिएको अधिकार प्रयोग गर्दै हरेक ठाउँका माथिल्ला पदहरुमा अवकाश, राजीनामा वा अन्य कारणबाट रिक्त रहेका पदमा वृद्धि विकासको बाटो सुचारु हुनुपर्ने माग समेत कर्मचारीको छ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्