सिधाकुरा अवहेलना प्रकरणमा प्रधानन्यायाधीशको नेतृत्वमा बृहत इजलास गठन
सर्वोच्च अदालतले अन्तिम सुनुवाई गरी फैसलाका लागि प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल संलग्न न्यायाधीशको बृहत् इजलास गठन गरेको हो।
काठमाडौं, साउन १७ : सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध दायर भएको अवहेलना मुद्दा सुनुवाइका लागि प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा नौ न्यायाधीश संलग्न इजलास गठन भएको छ।
सर्वोच्च अदालतले अन्तिम सुनुवाई गरी फैसलाका लागि प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल संलग्न न्यायाधीशको बृहत् इजलास गठन गरेको हो।
सिधाकुरा अवहेलना प्रकरणमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो। यसअघि गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले नौ न्यायाधीश संलग्न बृहद इजलास गठनका लागि आदेश दिएको थियो।
उक्त इजलासमा सुनुवाइ चलिरहेको छ। सिधाकुराले ‘स्टीङ अप्रेसन’ को नाममा अदालत, न्यायाधीश र कानुनव्यवसायीका बिषयमा प्रसारण गरेको अडियो ‘फेक’ पुष्टी भएपछि मिडियाप्रति सर्वोच्च कठोर बन्ने संकेत देखिएको छ।