Kathmandu Press

बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु 

बाघको आक्रमणबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलकी २० वर्षीय हिरा शाहको मृत्यु भएको हो।
बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु 

कन्चनपुर, साउन १७ : बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

बाघको आक्रमणबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलकी २० वर्षीय हिरा शाहको मृत्यु भएको हो।

धान गोड्ने क्रममा शाहलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बाघको आक्रमण गरेकी महिलाको खोजतलास गर्दै जाँदा उखुबारीमा शव फेला परेको थियो।
 
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्