टिआरसी विधयेकमा दलहरूबीच सहमति
विधेयकका सबै कुरामा दलहरूबीच सहमति जुटेको बताउँदै गृहमन्त्री रमेश लेखकले यो राम्रो उपलब्धि भएको बताए।काठमाडौं, साउन १७ : संक्रमणकालीन न्यायसम्बन्धी विधयेक (टिआरसी)मा दलहरूबीच सहमति जुटेको छ।
बिहीबार बिहान गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन बनेको संयन्त्रको बैठकले विधेयकमा सहमति जुटाएको हो।
विधेयकका सबै कुरामा दलहरूबीच सहमति जुटेको बताउँदै गृहमन्त्री रमेश लेखकले यो राम्रो उपलब्धि भएको बताए।
बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी थिए।
त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी थिए।
प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवाहरुले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नपर्छ : उपसभामुख रानामंगलबार, कात्तिक १३, २०८१
असर्फी किन्नेको घुइँचो [फोटो फिचर]मंगलबार, कात्तिक १३, २०८१
‘विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ’मंगलबार, कात्तिक १३, २०८१
निषेधका बाबजुद काठमाडौंमा छ्यापछ्यापती प्लाष्टिकका माला [फोटो फिचर]मंगलबार, कात्तिक १३, २०८१