Kathmandu Press

विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा पठाउन सभामुखको निर्देशन

‘सबैले आ–आफ्नो समितिको रिपोर्टहरू सभामुखलाई बुझाउनु भयो। सभामुखले समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पु¥याउनु भन्ने निर्देशन दिनुभयो,’ उनले भने।
विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा पठाउन सभामुखको निर्देशन

काठमाडौं, साउन १६ : सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरु पारित गरेर सदनमा पठाउन समिति सभापतिहरूलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा भएको समिति सभापतिहरुसँगको छलफलमा सभामुख घिमिरेले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए।

Hardik ivf

‘सबैले आ–आफ्नो समितिको रिपोर्टहरू सभामुखलाई बुझाउनु भयो। सभामुखले समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पु¥याउनु भन्ने निर्देशन दिनुभयो,’ उनले भने।

छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको सभापति खानले बताए।

छलफलमा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्न गारो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उनको भनाई छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्