Kathmandu Press

को कहाँ राजदूत सिफारिस भए?

अष्ट्रेलियामा कान्ता रिजाल, साउदी अरेबियामा नेरशविक्रम ढलकाल, दक्षिण अफ्रिकामा प्रा.डा. कपिलमान श्रेष्ठ, इजरायलमा धनप्रसाद पण्डित र श्रीकंकामा रामकृष्ण भट्टराईलाई सिफारिस गरिएको गुरुङले बताए।
को कहाँ राजदूत सिफारिस भए?

काठमाडौं, साउन १६ : सरकारले विभिन्न देशमा नयाँ राजदूत सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले भारतमा डा. शंकरप्रसाद शर्मालाई सिफारिस गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनलाई पुष्पकमल दाहाल सरकारले भारतबाट फिर्ता बोलाएको थियो। तर, सरकार परिवर्तन भएपछि उनको १५ दिन थप थरिएको थियो।

Hardik ivf

यस्तै,  अष्ट्रेलियामा कान्ता रिजाल, साउदी अरेबियामा नेरशविक्रम ढलकाल, दक्षिण अफ्रिकामा प्रा.डा. कपिलमान श्रेष्ठ, इजरायलमा धनप्रसाद पण्डित र श्रीकंकामा  रामकृष्ण भट्टराईलाई सिफारिस गरिएको गुरुङले बताए।

सनिल नेपाललाई स्पेन, डा. शैल रुपाखेतीलाई जर्मनी, लोकदर्शन रेग्मीलाई अमेरिका, चन्द्रकुमार घिमिरेलाई बेलायत, डा. शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, जंगबहादुर चौहानलाई रुस, रमेशचन्द्र पौडेललाई कतारm प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन, सुम्निमा तुलाधरलाई डेनमार्क, नेत्रप्रसाद तिमल्सिनालाई मलेसिया, प्रकाशमणि पोखरेललाई पोर्चुगल र रीता धिताललाई पाकिस्तानको राजदूतमा सिफारिस गरिएको छ।

चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाइएको प्रवक्त गुरुङले बताए।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्