Kathmandu Press

संकटको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव

समाजवादी लोकतन्त्रवादी र प्रगतिशिलहरुले सहयोग, भ्रातृत्वको अभिवृद्धि गर्दै विविध खाले संकट र विद्यमान असमानताको हल गर्न तत्काल कदल चाल्नु पर्नेमा अध्यक्ष यादवले जोड दिए।
संकटको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिबद्धता चाहिन्छ : उपेन्द्र यादव

काठमाडौं, साउन १६ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक संकट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिने बताएका छन्।

बुधबार फिलिपिन्सको मनिलामा प्रोग्रेसिभ एलाइन्स, अक्बायन सिटिजन्स एक्सन पार्टी र सोकडेम एसियाद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।

समाजवादी लोकतन्त्रवादी र प्रगतिशिलहरुले सहयोग, भ्रातृत्वको अभिवृद्धि गर्दै विविध खाले संकट र विद्यमान असमानताको हल गर्न तत्काल कदल चाल्नु पर्नेमा अध्यक्ष यादवले जोड दिए।

अध्यक्ष यादवले सामाजिक न्याय, मानव अधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै संकटको भूमरीमा पर्ने बताए।

कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखलगायतको सहभागिता रहेको छ । अध्यक्ष यादव बिहिबार स्वदेश फर्कने छन्।

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्