‘वर्तमान सरकारलाई स्टन्टबाजी गर्न आवश्यक छैन’
मन्त्री डा. राणाले सरकार काम गर्ने कुरामा एकदमै गम्भिर रहेको भन्दै यो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताइन्।-1722422302.jpg)
काठमाडौं, साउन १६ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्टबाजी गर्न आवश्यक नभएको बताएकी छन्।
बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताइन्।
‘अहिले सरकारमा भएका पार्टी धेरै पुरानो पार्टीहरू हुन्। हामीले काम गर्न सक्छाैं, देशको लागि केही गर्न सक्छाैं भनेर देखावटी गर्न जरुरी छैन। किनभने हामीले गरेर देखाइसकेका छाैं,’ उनले भनिन्, ‘हामीभन्दा अगाडिका पीडिहरुले धेरै गारो समयमा नेपाललाई अगाडि सारेको पार्टी अहिले सरकारमा छन । त्यसकारणले हामी सबैभन्दा राम्रो छौ भनेर देखाउनु पर्ने, स्टन्ट गर्नुपर्ने जरुरी अहिलेको सरकारलाई छैन। धेरै सोचेर, छानेर नै अहिलेका मन्त्रीहरु बनेका छन्।’
मन्त्री डा. राणाले सरकार काम गर्ने कुरामा एकदमै गम्भिर रहेको भन्दै यो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताइन्।
देशको लागि केही गर्नुपर्छ दुई ठूला दल मिलेर भनेर अहिलेको सरकार बनेको पनि उनले स्पष्ट पारेकी छन्।
विभागको व्यवस्थित पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्रहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिइन्।
आफूमाथि लागेको आरोपहरू सत्य नभएको भन्दै मलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको पनि उनले बताइन्।












