Kathmandu Press

मिडिया ‘ट्रायल’ गृहमन्त्रालयको लागि घातक छ : रवि लामिछाने

‘छानविनको लागि आवाज उठाउनु नराम्रो होइन। छानविन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नु भएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ,’ उनले भने।
मिडिया ‘ट्रायल’ गृहमन्त्रालयको लागि घातक छ : रवि लामिछाने

काठमाडौं, साउन १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृहमन्त्रालय घातक भएको बताएका छन्।

बुधबार बसेकोे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन्।

Hardik ivf

‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृहमन्त्रालय घातक छ, गृहमन्त्री ज्यु बच्नुहोला, तपाईंलाई पनि मायाँ गर्ने  मान्छेहरु छन्, मैले त धेरै काम गर्न सकेन, तपाईं सक्नुहोला तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला।  प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोक छ,’ उनले भने, ‘मिडिया ट्रायल प्रतिस्पर्धी रुपमा रहेका छन्। मिडियाले सुरुमा भन्छ माहोल बनाइदिन्छु त्यसपछि माहोल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छन्, तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान छ, तागत छ र साहस पनि छ।’

उनले प्रहरीलाई छानविन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानविन गर्न सक्ने बताए। साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट  कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए।

‘छानविनको लागि आवाज उठाउनु नराम्रो  होइन। छानविन प्रहरीले पनि राम्रोसँग  गर्छ, हस्तक्षेप गर्नु भएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ,’ उनले भने।

लामिछानेले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै  गए सबै  समस्याको समाधान हुने जिकिर गरे।    

 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्