संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन
समिति सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन संघीय संसद् र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गरे।काठमाडौं, साउन १६ : राष्ट्रिय सभा अन्तर्गतकाे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ‘सिंहदरबार वैद्यखाना विकास समिति’को स्थलगत अनुगमन गरेको छ।
समितिका सभापति मायाप्रसाद शर्मा, सदस्यहरू गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, गोपालकुमार बस्नेत, नरबहादुर विष्ट, पदमबहादुर परियार, बलदेव बोहरा, मदनकुमारी शाह, युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीसहितको प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो।
सो अवसरमा समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले समितिलाई प्राप्त बजेट अपुग भएकाले बजेट वृद्धिका पक्षमा आवश्यक पहल गरिदिन संसदीय प्रतिनिधिमण्डलसँग अनुरोध गरेका थिए।
जनशक्तिको अभावले अपेक्षा गरेअनुसार कामकाज गर्न नसकेको उल्लेख गर्दै उनले समितिमा थप दरबन्दी व्यवस्थाका लागि समेत अनुरोध गरेका थिए।
समिति सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन संघीय संसद् र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गरे।