प्रहरी प्रशासन दुरुपयोग हुने छैन : गृहमन्त्री लेखक
उनले बैठकमा प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझिदिन आग्रह गर्दै कसैलाई जोगाउन वा नजोगाउन प्रहरी प्रशासन दुरुपयोग हुन नदिने बताए।
काठमाडौं, साउन १६ : गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासन दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतकाे सुशासन समितिको बुधबार बैठकमा सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका हुन्।
उनले बैठकमा प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझिदिन आग्रह गर्दै कसैलाई जोगाउन वा नजोगाउन प्रहरी प्रशासन दुरुपयोग हुन नदिने बताए।
गृहमन्त्री लेखकले प्रहरी संगठन र प्रशासनलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउँदै भने, ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन।’
प्रकाशित मिति: १६:०३ बजे, बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार