‘विद्युतीय व्यापार विधेयक २० वर्षसम्म काम गर्ने गरि पारित गर्छौं’
बुधबार सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म परिमार्जन नगरी विधेयकले काम गर्ने गरी संशोधन गर्ने बारे छलफल भएको बताए।
काठमाडौं, साउन १६ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक संशोधनको लागि छलफल सुरु गरेको बताएका छन्।
बुधबार सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म परिमार्जन नगरी विधेयकले काम गर्ने गरी संशोधन गर्ने बारे छलफल भएको बताए।
‘कम्तीमा २० वर्षसम्म यो विधेयकले काम गरोस्, परिमार्जन गर्न नपरोस् भन्ने मन्त्री ज्युहरूले धारणा छ। हामीले व्यापक छलफल गरेर सकेसम्म छिटो सम्पूर्ण सरोकारवालाहरुसँग बसेर उहाँहरुको धारणा सुझावका आधारमा हामीले यो विधेयक प्रतिनिधिसभामा पेश गर्छौं,’ उनले भने।
सभापति खानले अनलाइन व्यापारको क्षेत्र व्यापक भएता पनि ग्राहकहरू ठगीने समस्या रहेको बताए।
उनले जम्मा संशोधनकर्ता २२ जना रहेकोमा आज चार जनासँग छलफल भएको र बाँकी छलफल भोलिदेखि निरन्तर गर्ने जानकारी दिए।