Kathmandu Press

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका मेचीनगर नगरपालिका–७ पालियाका  २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो।
प्रहरी हिरासतमा थुनुवाको मृत्यु

झापा, साउन १६ : प्रहरी हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका मेचीनगर नगरपालिका–७ पालियाका २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो।

Hardik ivf

खड्कालाई लागुऔषध सहित चार दिनअघि मेचीनगर-६ बाट प्रहरीले पक्राउ गरेको थियो।

मृतक खड्कालाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो। 

मंगलबार राति स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएपनी उपचारका क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्