Kathmandu Press

केरला बाढीपहिरोमा परी १५८ को मृत्यु, २०२ बेपत्ता

केरला राज्यको वायनाडा र चोरलमालामा राती रातको समयमा कम्तिमा तीन वटा ठूलो पहिरो खसेको जनाइएको छ। अहिले बाढी पहिरो पीडितको उद्धार कार्य जारी छ ।
केरला बाढीपहिरोमा परी १५८ को मृत्यु, २०२ बेपत्ता

नयाँ दिल्ली, साउन १६ : भारतको केरलामा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५८ पुगेको छ । उक्त घटनामा २०२ जना बेपत्ता भएको र घाइतेको संख्या ७० पुगेको भारतीय सञ्चार माध्यमले बताएका छन्।

केरला राज्यको वायनाडा र चोरलमालामा राती रातको समयमा कम्तिमा तीन वटा ठूलो पहिरो खसेको जनाइएको छ। अहिले बाढी पहिरो पीडितको उद्धार कार्य जारी छ ।

Hardik ivf

समाचारमा जनाइए अनुसार भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको छ। यस्तै, उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकोप्टर पनि परिचालन गरिएको छ।

केरलाका बाढीपिडत र मृतकका परिवारका लागि नयाँ दिल्लिस्थित प्रधानमन्त्री कार्यालयले राहात सहयोगको घोषणा गरेको छ।

जसअनुसार प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपियाँ (लगभग दुई हजार ३ सय ८९ अमेरिकी डलर) र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपियाँ (करिब ५ सय ९७ डलर) क्षतिपूर्ति दिने घोषणा गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन्। मुख्यमन्त्री विजयानका अनुसार तीन हजार व्यक्तिलाई उद्धार केन्द्रमा राखिएको छ।

निरन्तर रुपमा भारी वर्षा भइरहेको र पुलहरू बगेका कारण उद्दारमा कठिनाइ भइरहेको जनाइएको छ । भारी वर्षा र बाढी पहिरोका कारण केरलाका १४ जिल्लामध्ये १२ जिल्लाका विद्यालय र कलेज बन्द गरिएको छ।

 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशीमा गाडी खस्यो
भोटेकोशीमा गाडी खस्यो
एमाले सचिवालय बैठक सुरू
एमाले सचिवालय बैठक सुरू