प्राध्यापक विष्ट हत्याका आरोपी रञ्जन १७ वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपी रन्जन खड्कालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। हत्या प्रकरणमा यसअघि विनोद थापा र सबिता थापा अधिकारी पक्राउ परिसकेका छन्।
काठमाडौं, साउन १६ : नेपाल कमर्स क्याम्पस, मिनभवनका प्राध्यापक धर्मराज विष्टको हत्याका एक आरोपी १७ बर्षपछि पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपी रन्जन खड्कालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। हत्या प्रकरणमा यसअघि विनोद थापा र सबिता थापा अधिकारी पक्राउ परिसकेका छन्।
प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा हत्या भएको थियो। विष्टमाथि रड प्रहार गरी हत्या गरिएको थियो। प्राध्यापक विष्टले सबितालाई जिस्क्याएको सामान्य विवादमा शंखमुलमा बाटो ढुकेर साँघातिक आक्रमण भएको थियो।
हत्या आरोपी सबिता गत चैतमा पक्राउ परेकी थिइन् भने विनोद भने १० वर्ष जेल सजाय भुक्तान गरी २०७९ सालमै छुटेका थिए। प्रहरीले रन्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको जनाएको छ।
प्रकाशित मिति: १४:१५ बजे, बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार