Kathmandu Press

बंगलादेशी राजदूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

बंगलादेशी राजदूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

काठमाडौं, साउन १६ : नेपालस्थित बङ्गलादेशी राजदूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजको अगुवाइमा बुधबार प्रदर्शन भएको छ।

आयोजकका अनुसार बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा प्रदर्शन गरिएको हो। बंगलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब दुई सय विद्यार्थीको मृत्यु भएको बताइएको छ।

Hardik ivf

प्रदर्शनका सहभागीहरूले हत्याको घटनाहरूको जबाफदेहिताको सुनिश्चित गर्न, शान्तिपूर्ण रूपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य गर्ने लगायतका मागसहित केही समय धर्ना बसी प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यार्थी आन्दोलनका क्रममा बङ्गलादेश सरकारले चर्को दमन गरेको भन्दै आलोचना भइरहेको छ ।

 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्