Kathmandu Press

सिआइबी प्रमुख ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

छानबिन निर्देशनालयमा उजुरी परेपछि एआइजी श्याम ज्ञवालीमाथि छानबिन छानबिनका लागी समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ।
सिआइबी प्रमुख ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाडाैं, साउन १६ :   केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ।

प्रहरी प्रधान कार्यालयले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन निर्देशनालयमा ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायतका विषयमा ज्ञवालीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेपछि छानबिनका लागी समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ।

गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गरेर मन्त्रिपरिषद् बैठकले सिआइबीमा एआइजी ज्ञवालीको सरुवा गरेको थियो।

ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्