नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र इटहरी उपमहानगरपालिका–१३ सुनसरीका प्रल्लाद अधिकारीको शव फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं, साउन १६ : नयाँ बसपार्कमा सोमबार पार्किङ गरेको बससभित्र एक युवकको शव भेटिएको छ।
पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त शव सुनसरी इटहरी उपमहानगरपालिका–१३ का प्रल्लाद अधिकारीको रहेको जनाइएको छ।
अहिले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति: १३:१४ बजे, बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












