सडक दुर्घटनामा सैनिक जवानको मृत्यु
भानु नगरपालिका–१२ तनहुँ स्थायी घर भएका नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको हो।काठमाडौं, साउन १६ : सडक दुर्घटनामा परी एक सैनिक जवानको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा भानु नगरपालिका–१२ तनहुँ स्थायी घर भएका नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको हो।
दुर्घटनामा सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गएराति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सैनिक जवानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा सार्कीको मृत्यु भएको हो।
प्रकाशित मिति: १३:०३ बजे, बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१