Kathmandu Press

महोत्तरीमा बाढीले पुलमा क्षति, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

पुल क्षतिग्रस्त भएपछि राजमार्गमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गरी आवतजावत भइरहेको प्रहरीले जनाएकाे छ।
महोत्तरीमा बाढीले पुलमा क्षति, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

महोत्तरी, साउन १६ : महोत्तरीको बेलगाछी पुलमा बाढीले क्षति पुर्‍याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। टुटेश्वर नजिक रहेको ढुंग्रेखोलामा आएको बाढीले बेलगाछी पुलमा पुर्‍याएको हो।

मंगलबार राती आएको बाढीले पुलभन्दा पश्चिमको भाग बगाएर क्षति पुर्‍याएको छ।

पुल क्षतिग्रस्त भएपछि राजमार्गमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गरी आवतजावत भइरहेको प्रहरीले जनाएकाे छ। 

पुलमुनि बालुवा जमेर सतहमाथि आउँदा बाढीले ७ फिट राजमार्ग बगाएको छ।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्