Kathmandu Press

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन्। भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।
यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

काठमाडौं, साउन १६ : संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसुङगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन्। उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन्।

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन्। भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

Hardik ivf

उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ। युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ। भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे।

बिहान त्रिभुवन विमानस्थलमा ओर्लंदै पहलमानले आफूहरुले हत्या नगरेको भएपनि झुटो आरोपमा फसाइएको बताए। मृत्यु भएको साँझसँगै रक्सी पिएको भएपनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए।

उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् । उनीहरु दुवईको जेलमा रहेको र उद्धार गर्न संसदमा समेत प्रश्न उठेको छ।

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्