Kathmandu Press

हनुमन्तेको बाढीले ७० भन्दा बढी घर डुबानमा, लाखौको क्षति

सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट देखी  सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। 
हनुमन्तेको बाढीले ७० भन्दा बढी घर डुबानमा, लाखौको क्षति

काठमाडाैं, साउन १६ : गएरातिको वर्षाले हनुमन्ते र आसपासका सहायक खोलामा आएको बाढिले सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट देखी  सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। 

हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना डुवानमा परि लाखौँको क्षति भएको छ।

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका छन्। 

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुवानमा परेर कयौं पसलका सामान बगाएको छ। बाढिले सडक बन्द भएका कारण त्यस क्षेत्रमा सवारी बन्द भएका छन्। बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबानमा परेको छन्।

बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीयले ५० जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए। उनले रातिदेखिनै भक्तपुर अस्तव्यस्त भएको बताएका छन्।
 

प्रकाशित मिति: ११:३७ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्