भोजपुरमा बाढीले बगाउँदा जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
मंगलबार रातिको बाढीले बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ।
भोजपुर, साउन १६ : अविरल वर्षापछि आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्।
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो।
मंगलबार रातिको बाढीले बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ।
बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ।
भोजपुरमा इर्खुवा खोला जलविद्युत आयोजनासँगै बाढीले ८ वटा पुलमा क्षति पुर्याएको छ।
बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्याएको छ।
प्रकाशित मिति: ११:३६ बजे, बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












