Kathmandu Press

इजरायलको आक्रमणमा हमासका प्रमुख नेता हानिया मारिए

बुधबार बिहान हानियको निवसमा भएको आक्रमणमा उनीसँगै एक अंकरक्षकको पनि मृत्यु भएको बताइएको छ।
इजरायलको आक्रमणमा हमासका प्रमुख नेता हानिया मारिए

जेरुसेलम, साउन १६ : इजरायलको आक्रमणमा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु भएको छ।

प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन्।

बुधबार बिहान हानियको निवसमा भएको आक्रमणमा उनीसँगै एक अंकरक्षकको पनि मृत्यु भएको बताइएको छ।

हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए।

हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए। उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन्।

हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि भनेको छैन ।

प्रकाशित मिति: ११:१३ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्