Kathmandu Press

अमेरिकामा एकैदिन १८ सयको मृत्यु, विश्वभर १४ लाख बिरामी

काठमाडौं, चैत २६ : कोरोना भाइरसले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ। अमेरिकामा एकै दिन १८ सयभन्दा बढीको मृत्यु भएको छ। यो अहिलेसम्मकै उच्च हो।

....
अमेरिकामा एकैदिन १८ सयको मृत्यु, विश्वभर १४ लाख बिरामी

काठमाडौं, चैत २६ : कोरोना भाइरसले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ। अमेरिकामा एकै दिन १८ सयभन्दा बढीको मृत्यु भएको छ। यो अहिलेसम्मकै उच्च हो।

सीएनएनका अनुसार, न्यूयोर्क सिटीमा एकै दिन आठ सयले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै सबैभन्दा बढी रहेको जनाएको छ।

त्यस्तै, जोन हकिन्स युनिभरसिटीको तथ्यांकअनुसार, अमेरिकामा एकै दिन एक हजार आठ सय ५८ जनाको मृत्यु भएको छ। योसँग अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार आठ सय ५७ पुगेको छ। अझै नौ हजार एक सय ६९ जना गम्भीर रहेको जनाएको छ।

बुधबार बिहानसम्म अमेरिकामा चार लाख पाँच सय ४० जना बिरामी भएका छन्। जसमध्ये २१ हजार सात सय ११ जना मात्रै निको भएका छन्। अन्यको उपचार भइरहेको छ।

अमेरिकामा कोरोनाले उग्र रुप लिएसँगै संसारभर संक्रमितको संख्या १४ लाख ३१ हजार नौ सय १२ पुगेको छ। गत २४ घन्टामा मात्रै झन्ड एक लाख बढेका छन्।

बिरामीमध्ये संसारभर ८२ हजार ८३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। अझै ४७ हजार आठ सय ९४ जना गम्भीर रहेका छन्।

अहिलेसम्म तीन लाख दुई हजार दुई सय नौ जना निको भएका छन्। अन्य बिरामीको भने उपचार चलिरहेको छ।

अमेरिकापछि कोरोनाको मारमा स्पेन परेको छ। स्पेनमा एक लाख ४१ हजार नौ सय ४२ जना बिरामी परेका छन्। जसमा १४ हजार ४५ जनाले ज्यान गुमाउका छन्। अझै सात हजार ६९ जना गम्भीर रहेका छन्।

त्यसपछि इटालीमा एक लाख ३५ हजार पाँच सय ५८ जना बिरामी परेका छन्। त्यसमध्ये १७ हजार एक सय २७ जनाको मृत्यु भएको छ भने तीन हजार सात सय ९२ जना गम्भीर रहेका छन्।

त्यस्तै, फ्रान्समा पनि कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। बुधबारसम्म बिरामी भएका एक लाख नौ हजार ६९ जनामध्ये १० हजार तीन सय ३८ जनाको मृत्यु भएको छ। अझै सात हजार एक सय ३१ जना गम्भीर रहेका छन्।

अन्य देशभन्दा जर्मनीले भने कोरोनाका बिरामीले राम्रो उपचार पाइरहेका छन्। जर्मनीमा बिरामी भएका एक लाख सात हजार ६ सय ६३ जनामध्ये दुई हजार १६ जनाको मृत्यु भएको छ। ३६ हजार ८१ जना निको भइसकेका छन्।

चीनमा पनि कोरोनाको संक्रमण अझै रोकिएको छैन। गत २४ घन्टामा ६२ जना नयाँ संक्रमित देखिएका छन्। अहिलेसम्म चीनमा ८१ हजार आठ सय दुई जना बिरामी भएका छन भने तीन हजार तीन सय ३३ जनाले ज्यान गुमाएका छन्। चीनमा ७७ हजार दुई ७९ जना निको भइसकेका छन्।

छिमेकी भारतमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। भारतमा एकै दिन सात सयभन्दा बढी बिरामी देखिएका छन्। बुधबार बिहानसम्म भारतमा पाँच हजार तीन सय ५१ जना बिरामी भएका छन भने एक सय ६० जनाले ज्यान गुमाएका छन्।

नेपालमा भने नयाँ संक्रमण देखिएको छैन। बिरामी भएका नौ जनामध्ये एक जना निको भइसकेका छन भने आठ जनाको उपचार भइरहेको छ। नेपालमा परीक्षण दर भने निकै कम रहेको छ। जसले गर्दा संक्रमणको जोखि अझै कम नभएको विज्ञहरुले चेतावनी दिएका छन्।

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्