Kathmandu Press

हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

काठमाडौं, फागुन १५ : सरकारले पर्यटन मन्त्री रवीन्द्र अधिकार सवार हेलिकप्टर दुर्घटना छानविनका लागि चार सदस्यीय समिति गठन गरेको छ ।

 बुधब....

हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

काठमाडौं, फागुन १५ : सरकारले पर्यटन मन्त्री रवीन्द्र अधिकार सवार हेलिकप्टर दुर्घटना छानविनका लागि चार सदस्यीय समिति गठन गरेको छ ।

 बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा नेपाली सेनाका सहायक रथी दिपकप्रसाद बास्तोला, नेपाल सेनाका अवकासप्राप्त पाईलट प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् । 

प्रकाशित मिति: २०:२२ बजे, बुधबार, फागुन १५, २०७५