Kathmandu Press

मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन हुन आवश्यक : गृहमन्त्री

उनले मानव बेचबिखन विरुद्धको लडाईमा निर्मम र शून्य सहनशीलता हुन जरुरी भएको बताए । मानव बेचविखन मानव सभ्याताकै सबैभन्दा ठूलो अपाराध भएको उनले बताए।
मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन हुन आवश्यक : गृहमन्त्री

काठमाडौं, साउन १५ : गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अनुसन्धान सम्बन्धी कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मानव बेचबिखनको अनुसन्धानको लागि कानूनमा २५ दिनको समय मात्र तोकेको भन्दै यसलाई संशोधन गरेर ३ महिनाको समय बनाउनु पर्ने बताए।

Hardik ivf

‘लागू औषध अपराध अनुसन्धान गर्न ९० दिनसम्मको समय दिन्छ, त्यो भन्दा पनि गम्भीर प्रकृतीको यो अपराधका लागि २५ दिनसम्म काम गरिसक भन्छ कानूनले। यो अपराधलाई लागू औषधको अपराध सरहको श्रेणीमा राखेर अनुसन्धानका लागि ३ महिना कायम गरेर जानुपर्छ र यसका लागि आवश्यक कानून संशोधन गरेर जानुपर्छ । नेपाल सरकाले यो काम गर्छ भनेर प्रतिबद्धता व्यक्त गर्न चहान्छु,’ उनले भने।

उनले मानव बेचबिखन विरुद्धको लडाईमा निर्मम र शून्य सहनशीलता हुन जरुरी भएको बताए । मानव बेचविखन मानव सभ्याताकै सबैभन्दा ठूलो अपाराध भएको उनले बताए।

‘नेपालमा मानव बेचबिखन कार्य नियन्त्रण ऐन २०६४ छ। योभन्दा पहिला पनि कानून थियो त्यसलाई प्रतिस्थापन गरेर यो नयाँ कानून बनेको हो,’ उनले भने, ‘मानव बेचबिखन जस्तो ठूलो अपराध मानव सभ्यताको लागि अरु केही हुन सक्दैन। त्यसकारणले यो अपराधका विरुद्धको लडाई निर्मम हुन जरुरी छ। यसका विरुद्धको लडाईमा शून्य सहनशीलता हुन जरुरी छ।’

उनले मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र पर्याप्त नहुने भन्दै नागरिकमा जनचेतना फैलाउन काम पनि आवश्यक रहेको बताए।

स्रोत, साधन, मानविय जनशक्तिको कमिले मात्र काममा अवरोध हुन नदिने पनि गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्