Kathmandu Press

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

‘कतिपय प्रदेश र स्थानीय तहले फरक-फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन,’ उनले भने, ‘तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ। त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाढि बढ्नुपर्छ।’
निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं, साउन १५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढंगबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिए।

Hardik ivf

‘कतिपय प्रदेश र स्थानीय तहले फरक-फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन,’ उनले भने, ‘तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ। त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाढि बढ्नुपर्छ।’

आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्दै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य सेवाको सुधार मन्त्रालयले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकोमा उनको जोड थियो।

‘आधारभूत स्वास्थ निःशुल्क गर्न र अन्य रोगको उपचार बीमाको दायरामा ल्याउनुपर्ने आवश्यकता छ। यसका अतिरिक्त स्वास्थ्य सेवा प्रभावकारी बनाउन र दक्ष जनशक्तिको प्रयोग कसरी गर्न सकिन्छ भनेर लागिरहेको छु। यसमा सबैको सहयोग आवश्यक छ,’ उनले भने।

कार्यक्रममा स्वास्थ्य पत्रकारहरूले जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिएका थिए।

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्