Kathmandu Press

अमेरिकामा ४ लाख वढी संक्रमित 

काठमाडौं, चैत्र २६ : अमेरिकामा कोरोना भाइरसबाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अमेरिकामा चार लाख चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्....

अमेरिकामा ४ लाख वढी संक्रमित 

काठमाडौं, चैत्र २६ : अमेरिकामा कोरोना भाइरसबाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अमेरिकामा चार लाख चार सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार आठ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये २१ हजार ६ सय ७४ जना उपचारपछि निको भएका छन् । 

अमेरिकापछि स्पेनमा सबैभन्दा धेरै एक लाख ४१ हजार ९ सय ४२ जना सङ्क्रमित भएकोमा १४ हजार ४५ जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये ४३ हजार दुई सय आठ जना उपचारपछि निको भएका छन् । इटलीमा एक लाख ३५ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

इटलीमा अहिलेसम्म सबैभन्दा धेरै १७ हजार एक सय २७ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये २४ हजार तीन सय ९२ जना उपचारपछि निको भएका छन् । 

प्रकाशित मिति: ०८:४४ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्