Kathmandu Press

७६ दिनपछि वुहानमा हटाइयो ‘लकडाउन’ 

काठमाडौं, चैत्र २६ : कोरोनाको उद्गम स्थान चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ ।

लकडाउन हटाइएसँगै ....

७६ दिनपछि वुहानमा हटाइयो ‘लकडाउन’ 

काठमाडौं, चैत्र २६ : कोरोनाको उद्गम स्थान चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ ।

लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ। यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने जनाईएको छ ।  वुहानमा अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण रहेको छ।

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्