Kathmandu Press

प्रतितोला १ सय रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला १ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडाैं, साउन १५ : नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख ४५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १० घटेको छ। सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ४० निर्धारण भएको छ।

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, साउन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्