Kathmandu Press

कोरोना संक्रमणबाट बेलायतमा ६ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र २६ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७....

कोरोना संक्रमणबाट बेलायतमा ६ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र २६ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ । यस्तै भाइरसबाट संक्रमितको संख्या ५५ हजार २४२जना पुगको छ । जसमा एकै दिन ३ हजार ६ सय ३४ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ४८ हजार ९४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।
 

प्रकाशित मिति: ०६:३६ बजे, बुधबार, चैत २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्