Kathmandu Press

एमाले सचिवालय बैठक बिहीबार बस्ने

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।
एमाले सचिवालय बैठक बिहीबार बस्ने

काठमाडौं, साउन १४ : नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्ने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्