Kathmandu Press

संसदीय सुनुवाई समितिको बैठक ५ बजेका लागि सारियो

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न ११ बजेका लागि बोलाइएको समितिको आजै ५ बजेका लागि सारिएको छ।
संसदीय सुनुवाई समितिको बैठक ५ बजेका लागि सारियो
फाइल तस्बिर।

काठमाडौं, साउन १४ : आज ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ।

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न ११ बजेका लागि बोलाइएको समितिको आजै ५ बजेका लागि सारिएको छ।

प्रधानविरुद्ध यौन शोषण गरेको गम्भी आरोप लागेकाले समिति उनको नाम अनुमोदन गर्ने नगर्ने भन्नेमा अन्यौलमा छ। समितिका सदस्यहरू आ–आफ्नो दलमा छलफलमा रहेकाले बैठक सारिएको बताइएको छ।

समितिले साउन ९ गते प्रधानसँग छलफल गरेको थियो। त्यसपछि कुनै निर्णय नलिइ बैठक स्थगित गरिएको थियो।

प्रधानले आफूविरुद्धको उजुरीका बारेमा समितिमा बोल्न मानेका थिएनन्। उनले सहमति भइसकेको विषयमा नबोल्ने भन्दै समितिमा उजुरीका सम्बन्धमा बोल्न अस्वीकार गरेका थिए।

संवैधानिक परिषदले असार  २ गोत प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

प्रकाशित मिति: ११:४६ बजे, सोमबार, साउन १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्