पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, आमा–छोराको मृत्यु, २८ जना घाइते
दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ।
कस्की, साउन १४ : पोखरामा भएको स्कुल बस दुर्घटनामा आमा–छोराको मृत्यु भएको छ।
सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को विद्यार्थी बोकेको बस सडकबाट ५० मिटर तल खसेको थियो।
दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ।
आमा आरतीको घटनास्थलमै र गम्भीर घाइते प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २८ जना घाइते भएको बताइएको छ। उनीहरूको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: ११:२९ बजे, सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












